काठमाडौं। चितवन राष्ट्रिय निकुञ्ज नजिकै पटिहानी बोटानिकल पार्क निर्माण हुनेभएको छ। पर्यटकलाई आकर्षित पार्न पटिहानी बोटानिकल पार्क निर्माण हुनेभएको हो।
सरकारको लगानीमा निर्माण हुन लागेको उक्त पार्क भरतपुर महानगरपालिका २२ पटिहानीमा बन्न लागेको हो। नयाँ पर्यटकीय गन्तव्य बनाउन संघीय सरकारको २५ करोड रुपियाँको लगानीमा बोटानिकल पार्क निर्माण गर्ने तयारी भएको छ।
कार्यक्रमका लागि संघीय सरकारमा फाइल पुगेर स्वीकृतीको अन्तिम तयारी रहेको छ। चार विघा १० कठ्ठा क्षेत्रफलमा निर्माण हुने पार्कमा मनोरञ्जनकालागी विभिन्न सामाग्रीहरु निर्माण गरिने बताइएको छ।
भरतपुर महानगरपालिका क्षेत्रमा धेरै पर्यटकीय क्षेत्र भएकाले आन्तरिक वाह्य पर्यटक आएर बस्न सक्ने भएका कारणले पनि उनिहरुलाई मनोरञ्जन दिने उद्धेश्यले पार्कको निर्माण गर्न लागिएको हो।