बाँके । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथिको निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सम्पन्न भएको छ। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका अनुसार हालसम्म भौतिक र वित्तीय दुवैतर्फ ७५ प्रतिशत प्रगति भएको हो।
७०० मिटर लामो पुल २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर स्थानीयले बाढी र डुबानको जोखिम देखाउँदै पुलको लम्बाइ थप ४४० मिटर बढाएर १,१४० मिटर बनाउन माग गरेका छन्।
आयोजना कार्यालयले स्थानीयको माग केन्द्रमा पठाइसकेको जनाएको छ भने पुल निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने गरी अघि बढिरहेको जनाएको छ। पुलको कुल लागत १ अर्ब १९ करोड रुपैयाँ रहेको छ।