कास्की । जिल्लाको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले ५.५ किलोमिटर लामो चक्रीय पदमार्ग निर्माण गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाको संयुक्त २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको पदमार्गले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदासम्म सहज पहुँच दिने अपेक्षा गरिएको छ।
अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वार मानिने घान्द्रुकमा अधिकांश पर्यटक एक रात मात्र बस्ने भएकाले नयाँ पदमार्गले हाइकिङ, प्रकृति अवलोकन र ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्दै बसाइ अवधि बढाउने विश्वास गरिएको छ।