काठमाडौं। उपत्यकाको तीनकुनेमा बिजुलीको पोलमा आगलागी भएको छ। पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो।
बिजुलीको तार पोलबाट हटाएर भुमिगत गर्ने भनिएको भएपनि पछिल्लो समय उपत्यकाका बिजुलीका पोलमा फेरि तारहरूको गुजुल्टो थपिदै गएको छ। तीनकुनेको बिजुलीको पोलमा लागेको आगो दमकल प्रयोग गरेर निभाइएको भएपनि बारम्बार यस्ता घटना दोहोरिरहेको छ। यस्तो घटना बारम्बार दोहारिनु खतराजनक भएको भएपनि सरोकारवालाहरुले खासै चासो दिएका छैनन्।
यस्तो हेलचेक्राइले आगामी दिनहरुमा ठुलो घटना पनि घट्न सक्छन त्यसैले यसप्रति बेलैमा सरोकारवालाको ध्यान पुग्नु आवश्यक रहेको छ।