काठमाडौं । नुवाकोट त्रिशूली पारि सडक सुविधा पुनर्स्थापित गरिएको छ । त्रिशूली नदीमाथिका पुलमा भएको क्षतिका कारण प्रभावित नुवाकोटको त्रिशूली पारि भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुरु गरिएको हो।
गल्छी–त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको हो ।
सडक सुरु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग जोड्न पुन सडक पहुँच स्थापित भएको छ । साथै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री आवतजावतमा समेत सहजता हुने मन्त्रालयले उल्लेख गरेको छ ।