काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि तत्काल मर्मत गर्न असम्भव देखिएको छ । त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसँगै वैकल्पिक मार्गको खोजी गर्न थालिएको हो।
नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर जारी रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जनाएको छ ।सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ। यससँगै पैदलयात्रा समेत रोकिएको छ। अहिले विज्ञहरूले वैकल्पिक अध्ययन थालेका छन्।