काठमाडौं। निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्षमा नविन कुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्माण व्यवसायी संघ प्यूठानको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन्।
संघको पाँचौ अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद पण्डित, द्धितिय उपाध्यक्षमा शोभाराम न्यौपाने, महासचिवमा नारायण ज्ञवाली, सचिवमा केशव खड्का र कोषाअध्यक्षमा विसेक थापा निर्वाचित भएका हुन्।
यसैगरी, संघको सदस्यहरुमा कृष्ण कर्माचार्य, हिरालाल गिरी, अर्जुनसिंह विक, कमल श्रेष्ठ, सुरेस अधिकारी, अर्जुन श्रेष्ठ, सुर्य बहादुर कुवर, खगेन्द्र थापा र रेगम कुवर निर्वाचित भएका छन्।
उक्त कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले मुलुकमा देखिएको तरलताले निर्माण व्यवसायी मर्कामा परेको बताए। निर्माणमा उधोग उधोगहरुको पनी उधोग भएकाले अहिलेको तरलताको समस्या समाधान गर्न सरकार गम्भिर बन्नु पर्ने उनको भनाई छ।