काठमाडौँ । रसुवा बाढीपछि क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत र पुनर्निर्माण तीव्र पारिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका थप सात पुलको मर्मतसमेत सुरु गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणको तयारी अघि बढाइएको छ। ती पुलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।