काठमाडौं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ड्राइगन झरना निर्माण गरिने भएको छ। पाँचपोखरीको नामले प्रसिद्ध थाङ्पाल गाउँपालिका–३ चिम्तीमा सो झरना निर्माण गर्न लागिएको हो। पाँचपोखरी पर्यटकीय गन्तव्य स्थल पनि हो।

गाउँपालिकाको समृद्धिको आधारको रुपमा रहेको पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यले चिम्तीमा झरना निर्माण गर्न लागिएको हो। पर्यटकको लागि लोकप्रिय स्थान चिम्ती रहेको हुनाले पर्यटकलाई अझ बढी आकर्षित गर्ने उद्देश्यले झरना निर्माणको योजनालाई अघि बढाइएको हो। गाउँपालिकाको कार्यलयले सुन्दर र आकर्षक ड्राइगन झरना निर्माणको लागि बोलपत्र आह्वान गरिसकेको छ। गाउँपालिकाले करिब ७३ लाख खर्चेर सो झरना निर्माण गर्न लागेको हो। यसले गर्दा पर्यटनको आगमन बढ्ने गाउँपालिकाको विश्वास रहेको छ।

उक्त पालिकाको नाम प्रसिद्द धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी सँग जोडिएको छ। यस गाउँपालिकाको पुर्वमा जुगल, पश्चिममा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका रहेको छ। पाँचपोखरी सोहि पालिकाको वडा नं ३ भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ। त्यसैले गर्दा पनि यो स्थान पर्यटकको लागि लोकप्रिय स्थल हो। यसलाई सुन्दर बनाउने उद्देश्यले झरना पनि निर्माण गर्न लागेको हो। यहाँका सुन्दरताले पईटक यसै मोहित हुने गरेका छन्। सो झरना पनि निर्माण भएपछि यो क्षेत्र पर्यटनको लागि आकर्षण केन्द्र बन्ने छ। यसबाट जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुको साथै आर्थिक विकास पनि हुने भएको छ।

