काठमाडौं। बि.सं. १८०६ तिर कास्कीका राजा सिद्दीनारायण शाहले मोहोर छाप लगाएर बिर्ता दिएको हुदा यो ठाउँको नाम मोहरिया रहन गएको हो। पछि यिनै राजा सिद्दीनारायण शाहले छब्बिस कुरिया बजार स्थापना गर्दा पनि यस क्षेत्रलाई छब्बिस कुरिया भित्र पारेनन्।
२००६ साल चैत्र ३० गते भएको आगलागीमा ध्वस्त प्राय भएको यो बजारमा २०१९ सालको आसपासमा पनि ठूलो आगलागी भएको थियो। जसले गर्दा बल्ल सम्हालिएकाहरूलाई फेरी अर्को बिपत्ती आएको थियो। खरका छाना भएका अधिकांश घर जल्न पुगे। यस क्षेत्रमा अधिकांश नेवारहरू नै बस्ने गर्दछन्।