काठमाडौं। भुकम्पले क्षती पुर्याएको ऐतिहासिक महत्व बोकेको कृतिपुन्य महाविहार च्वाकन वाही भुकम्पले क्षती पुर्याएको करिब ६ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन सकेको थिएन। हाल बागमति प्रदेश अन्र्तगतको काठमाडौं महानगरपलिकाले महाविहारको पुनःनिर्माण गर्ने भएको हो। विगत केहि समयदेखि काठमाडौं महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको पुरात्तात्कि संरचनाको क्रमबद्ध रुपमा प्राथकिता दिँदै आएको जनाएको छ।
यस कृतिपुन्य महाविहार च्वाकन वाहीको पुनःनिर्माण समुन्द्रि कन्सट्रक्सनले करिब १ करोड ५ लाख भन्दा बढी लागतमा निर्माण गर्ने सम्झौता गरिसकेको छ। उक्त महाविर पुनःनिर्माणले प्राचिन पुरातत्व बोकेको साँस्कृतिक संरचनाको जगेर्ना गर्ने कुरालाई पनि जोड दिनेछ। काठमाडौं महानगरपलिकाले पनि यसै कुरालाई मध्ये नजर गरी महाविहारको पुनःनिर्माणलाई प्राथमिकता दिइएको हो।