काठमाडौं। सञ्चारका साधनहरूमा आएको विकाससँगै देशले प्रविधिमा पनि उत्तिकै फड्को मारिरहेको छ। प्रचिन समयमा उत्पादन भएका पुरान वस्तुहरु हाल पुरातत्त्व विभागमा र कुनै सङ्ग्रहालयमा मात्र देख्न पाइन्छ।
प्राचिन समयमा ढुङ्गाको मसला पिँध्ने सिलौटो महत्त्वपुर्ण रुपमा रहेको थियो। उक्त सिलौटो मसला पिँध्न मात्र नभएर कुनै कुरा फुटाउनुपरेमा वा कुनै पनि कुरा पिँधेर धूलो पार्नुपरे प्रयोग हुने गर्दथ्यो। तर हाल मुलुक प्रविधि तिर उन्मुख हुँदै गएपछि ढुङुगाको सिलौटो पनि लोपा हुँदै गएको छ। सिलौटोको ठाउँमा विद्युतीय मसला पिँध्ने मिक्सचर आएकाले यसको लोप हुँदै गएको हो। सिलौटोमा भन्दा मसाला पिस्न मिक्सचरमा सजिलो र छिटो हुने भएकाले मानिसहरु अहिले त्यसप्रति नै आकर्षित भएका छन्।
कुने कुनै गाउँमा अहिलेसम्म सिलौटो भएको भएपनि निकट भविष्यमा यसको पुरै लोप हुने अवस्था रहेको छ। समयको माग र प्रविधिको विकाससँगै आएको परिवर्तनले हाल पुराना शैलीका सरसामानहरू लोप हुँदै गइरहेका छन्। यसले गर्दा सिलौटा बनाएर बेचेर आफ्नो दैनिकी चलाउँदै आएकाहरुलाई समस्या परेको छ। यसप्रति सिलौटा व्यवसायीको गुनासो पनि रहेको छ। विद्युतिय मिक्सचरका कारण पुर्खाको पालाका सामानहरु लोप हुँदै गएको र यसको संरक्षणप्रति कसैको ध्यान जान सकेको छैन्। नयाँ प्रविधिलाई अपनाएसँगै पुराना शैलिका सामानहरुलाई पनि संरक्षण गरी पुर्खाको अश्तित्त्वलाई बचाउनु आवश्यक रहेको छ।