काठमाडौं । संसदीय समितिले वर्षाले बिग्रेका सडक तत्काल मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बिग्रिएका सडक तत्काल मर्मत गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दशैंलाई मध्यनजर गरी सडक मर्मत गर्न निर्देशन दिएको हो ।
बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने यात्रुहरूको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रूपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणाली लागू गर्न, अनलाइनबाट टिकट काट्दा भाडा छुट गर्नलगायतका कुराहरूको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइन्।