काठमाडौं। धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गतको नोहक गुफा पर्यटन मार्गको स्तरोन्नति गरिने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय, विशालटार धादिङले सो कार्य गर्न लागेको हो।
पर्यटनको गन्तव्यस्थलको रुपमा रहेको नोहक गुफा जाने मार्ग स्तरोन्नती गर्न लागिएको हो। अव्यवस्थित सडकको कारण नोहक गुफाको दृश्यालोकन गर्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुले सास्ती भोग्दै आएका छन्। त्यसैले त्यहाँ आउने पर्यटकलाई थप सेवा तथा सुविधा दिने लक्ष्यका साथ सो मार्ग स्तरोन्नती गर्न लागिएको हो।
पर्यटन मार्ग स्तरोन्नती गर्नको लागि गाउँ कार्यपालिकाको कार्यलयले बोलपत्र आह्वान गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि पर्यटन मार्ग निर्माणको कामलाई अघि बढाइने गाउँपालिकाको योजना रहेको छ। सो मार्ग स्तरोन्नती भएपछि नोहक गुफा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बृद्धि हुने गाउँपालिकाको विश्वास रहेको छ। यसबाट सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि सहज हुने भएको छ। पर्यटनको आगमन बढेसँगै आर्थिक ग तिविधि पनि बढ्ने भएको छ।