सप्तरी। सप्तरी अन्र्तगतको खडक नगरपालिकाले त्यहाँको सौन्दर्य बढाउने उद्देश्यले गमहरीया पोखरी सौन्दर्यीकरणको निर्माण गर्ने भएको छ। उक्त पोखरी निर्माण गर्नुको उद्देश्य आन्तरीक पर्यटनको ध्यानाकर्षण गराउनु साथै त्यस ठाउँको सान बढाउनु रहेको छ। यस कार्यले उक्त ठाउँको विकासमा पनि टेवा पुग्ने छ। उक्त पोखरी निर्माण पश्चात त्यहाँका बासिन्दाहरुले थाकेको समयमा त्यहाँ गएर आनन्द लिन साथै फुर्सदको समय विताउन उपयुक्त हुन्छ।
गमहरीया पोखरी सौन्दर्यीकरणको निर्माण गर्नको लागि करिब ३९ करोड ९ लाख भन्दा बढी रकममा रबिना ओम गेन–साय जेभी कम्पनीले ठेक्का सम्झौता लिइसकेको नगरपालिकाले जनाएको छ। पोखरी निर्माण हुने कुराले त्यस स्थानका बासीन्दाहरुमा खुसियालि छाएको छ।