काठमाडौं। मौसममा खराबी भएका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान अवरुद्ध भएका छन्।
आज जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प भएको हो।
पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ।