काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सरकारका सचिवहरुबीच सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनका सम्बन्धमा छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री भएपछि पहिलोपटक सचिवहरूसँग छलफल गर्दै देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका छन्।