दैलेख। दैलेखका मठमन्दिर पुनःनिर्माणका लागि बजेट छुट्याइएको छ। दैलेख जिल्ला समन्वय समितिको कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाका धार्मिक सम्पदाको पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरेको हो।
मन्दिरको पुनःनिर्माणका लागि कर्णाली प्रदेशको पर्यटन क्षेत्रको बजेटबाट १ करोड १५ लाख रुपैयाँ बजेट छुट्टयाइएको बताइएको छ।
दैलेखको श्रीस्थान मन्दिरमा पक्की वाल र डिजिटल गेटसहित टिकट घर निमार्णको लागि पनि बजेट छुट्याइएको छ। त्यस्तै, नाविस्थान मन्दिरमा सोही संरचना निर्माण गर्न १० लाख व्यवस्थापन गरिएको छ।
यस्तै मालिका मन्दिरको नयाँ डीपीआर र तामाको पातासहितको निर्माणका लागि ३० लाख, कोटिला मन्दिरमा बाकीँ रहेको काम सम्पन्न गर्नको लागि १५ लाख र भैरवी मन्दिर निर्माणको लागि १० लाख रकमको व्यवस्थापन गरिएको छ।
त्यसैगरी तल्लो डुङ्गेश्वर मन्दिर मन्दिरमा पार्क निर्माण गर्न १० लाख र धुलेश्वर मन्दिरमा पार्क निर्माण गर्न १५ लाख रुपैयाँ व्यवस्थापन गरिएको छ।