लमजुङ। सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेड्ने काम पूरा भएको छ। लमजुङमा निर्माणाधीन ५४ मेगावाटको जलविद्युत आयोजनाको करिब ५ हजार मिटर सुरुङ खन्ने काम पूरा भएको हो।
यतिबेला खनेर सकिएको सुरुङको ढलानको काम भइरहेको छ। सुरुङ ढलानको काम सम्पन्न गर्न अब ४ महिना लाग्ने बताइएको छ।
आयोजनाको ८५ प्रतिशत काम सकिएको छ। आयोजनाको बाँध क्षेत्रको पुन निर्माणको काम शुरु भएको छ। गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएको थियो। बाढी पहिरोले बाँध क्षेत्रसम्म पुग्ने पुहँचमार्ग बगाएपछि रोकिएको काम शुरू भइ तीब्र गतिमा अघि बढेको छ। यस क्षेत्रका काम पनि ३ महिनाभित्र सकिन्छ।
यसैगरी १ हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम भइरहेको छ। विद्युतगृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम भइरहेको छ। उपकरण जडानको काम पूरारा गरी आगामी जेठमा परिक्षण गर्ने लक्ष्य रहेको बताइएको छ।
पछिल्लो तालिका अनुसार आयोजनाको सबै काम पूरा गरेर २०७९ असारभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ ।