काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपतिमा निर्माण भएको धर्मशालाबारे छानबिन गर्न समिति गठन भएको छ।
पशुपतिमा भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशालाबारे छानबिन गर्न समिति गठन गरिएको हो।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा पाँच जना सदस्य रहेका छन्। समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, बिश्वकरण जयन, देवीप्रसाद बराल र मन्त्रालयका लेखाका उप सचिव सदस्य रहेका छन्।
समितिलाई सात दिन भित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
पशुपति मैत्री धर्मशालालाई बतास समूहले होटेलका रूपमा सञ्चालन गरिएको भन्ने समाचार बाहिरिएपछि सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको बताइएको छ।