तनहुँ। व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउने भएको छ। नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउने भएको हो।
नगरपालिकाले संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ। दिइएको मितिसम्म पनि संरचना नभत्काए नगरपालिका आफैँले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए
उनले व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको बताए। साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ।