काठमाडौं। खराब मौसमका कारण आज आन्तरिक तर्फका केही उडान प्रभावित भएका छन्। त्रिभुवन विमानस्थलका अनुसार खराब मौसमका कारण आन्तरिक तर्फका केही उडानहरु प्रभावित भएका हुन्।
आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरुमा बाक्लो हुस्सु खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।
टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् ।
तर अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको बताइएको छ ।