झापा। झिलझिलेमा निर्माण भएको पार्क उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर उद्घाटन कार्यक्रममा पुगेका छन्।
झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न अध्यक्ष ओली बग्गी चढेर पुगेका हुन्।
दुई वर्षअघि नै निर्माण पूरा भएर सञ्चालनमा आएको पार्क कोरोना भाइरस महामारीका कारण औपचारीक रुपमा सञ्चालनमा आउन सकेको थिएन्।
पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीमा रहेको वाटर किङडमको उद्घाटनका लागि कार्यक्रमस्थलसम्म ओलीलाई पुर्याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीको व्यवस्था गरेका हुन्।
नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित ओलीलाई वाटर किङडम पुर्याइएको थियो।