काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरले पाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको हो।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीको शुक्रबार ५८ वर्षे हदका कारण अवकाश भएपछि महानिर्देशककाे पद शुक्रबारदेखि रिक्त भएको थियो।
क्षत्रीले ४ वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने दाबी गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। उनको रिटमाथि छलफलका लागि सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आगामी पुष ३० गते सम्बन्धित पक्षलाई बोलाएको छ।
अदालतको आदेश पत्र दर्ता हुनुअघि नै यता मन्त्रालयले भने ठाकुरलाई निमित्तको जिम्मेवारी सुम्पिएको छ।