कास्की। कोरोना भाइरस संक्रमणका कारण ११औँ संस्करणको पोखरा महोत्सव स्थगित भएको छ। युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ९ गतेसम्म हुन लागेको पोखरा महोत्सव स्थगित गरिएको हो।
नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयसँगै महोत्सव अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा काम गर्ने क्लबको उद्देश्यअनुरूप जनस्वास्थ्यप्रति उत्तरदायित्व वहन गर्नु सबैको कर्तव्य भएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “महोत्सव सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, उपप्रायोजक, प्रायोजक, सहयोगी संस्था, मिडिया, प्रवद्र्धक, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिकालगायत सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै समय अनुकूल भएपछि पुन महोत्सव सञ्चालन हुनेछ ।”