काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द गरिएको छ।
कोरोना भाइरस महामारीको जोखिम कम गर्नका लागि विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको हो।
अति नै जरुरी अवस्थामा बाहेक पास उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ।
त्यसैगरी अब विमानस्थलमा अति जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि नआउन समेत सर्वसाधारणमा विमानस्थल कार्यालयले अनुरोध गरेको छ।
कार्यालयले हवाई यात्राका दौरान समेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ।