काठमाडौं। भौतिक निर्माण कार्य पूरा भएको चोभार सुख्खा बन्दरगाह चाँडै सञ्चालनमा आउने भएको छ।
२०७५ माघ ३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह अबको तीन महिनामा सञ्चालनमा ल्याउने तयारी भइरहेको हो।
स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा एक वर्ष ढिला निर्माण सकिएको छ। भन्सार, सुरक्षालगायतको काम भने बाँकी रहेको बताइएको छ। समयमै काम नसकिएपछि गत साल आयोजना निर्माणका लागि एक वर्ष म्याद थपिएको थियो ।
तीन महिनाभित्र खुख्खा बन्दरगाहमा चाहिने कन्टेनरको शुल्क निर्धारण, फर्निचर सेटअप, कर्मचारी भर्ती तथा अन्तिम फिनिसिङको काम पनि सकिने बताइएको छ।
बन्दरगाह निर्माणका लागि एक अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याएकोमा लागत १२ प्रतिशतले बढेर १ अर्ब ६० करोड पुगेको बताइएको छ।