सोलुखुम्बु। निर्माणाधीन माथिल्लो सोलु खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। सोलुखुम्बुमा निर्माणाधीन १९.८ मेगावाटको आयोजनाको काम ९२ प्रतिशत पूरा भएको हो।
बेनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा हाल सिभिलतर्फ अन्तिम चरणको काम भइरहेको आयोजनाले जनाएको छ।
बाँध र विद्युतगृहको काम पनि अन्तिम चरणमा छ भने पेनस्टक पाइप जडानको काम धमाधम भइरहेको बताइएको छ। उपकरण जडान सम्बन्धि सबै काम तीन महिनामा पूरा गरेर परीक्षण शुरु गर्ने आयोजनाले जनाएको छ।
आयोजनाले उत्पादन गर्ने विद्युत १३२ तिन्ला सबस्टेसनमा जोडिनेछ। विद्युतगृहदेखि तिन्ला सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले निर्माण गरिरहको छ। १२ किलोमिटर लामो लाइनमा ४१ वटा टावर रहने छन्।
यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।