कञ्चनपुर। मझगाउँ विमानस्थल स्तरोन्नति हुने भएको छ। २०३० सालदेखि सञ्चालन भएर २०५६ सालमा बन्द भएको विमानस्थल स्तरोन्नति गरिने भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल स्तरोन्नति कार्यको शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम प्रदेश धेरै सम्भावना बोकेको स्थान भएको भन्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सजिलो हुने बताए।
रनवे २५ सय मिटर र राजमार्गबाट विमानस्थल आउने सडक चार लेनको बनाउन मन्त्री आलेले सुझाव समेत दिए । तत्काल विमानस्थलको रनवे, ट्याक्सी–वे, एप्रोन लगायतका पूर्वाधार बनाइने बताइएको ।
तीन वर्षमा बनाइसक्ने गरी ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा पहिलो चरणको काम ठेक्का सम्झौता गरिएको आयोजनाले जनाएको छ।
दोस्रो चरणमा भने टर्मिनल भवन, सुरक्षा भवनसहितका पूर्वाधार निर्माण गरिने बताइएको छ।