काठमाडौं। काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षमा ४८ वटा पार्क निर्माण गरिने भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको हो।
प्राधिकरणका अनुसार एक करोड लागतमा १५ वटा र एक करोडभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको छ। काठमाडौं जिल्लामा एक करोड रुपैयाँको लागतमा ७ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४–४ वटा पार्क निर्माण गर्न लागिएको बताइएको छ।
५० लाख रुपैयाँभन्दा कमको लागतमा काठमाडौंमा १९ वटा, ललितपुरमा ६ वटा र भक्तपुरमा ८ वटा पार्क निर्माण गरिनेछ। पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौंमा ११ करोड ९६ लाख, ललितपुरमा ६ करोड ३ लाख र भक्तपुरमा ५ करोड ७० लाख विनियोजन गरेको प्राधिकरणले जनाएको छ।