काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले निजगढ फास्ट ट्रयाक समयमै सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले तोकिएको समयभित्रै निजगढ फास्ट ट्र्याक आयोजना सम्पन्न गर्नुपर्ने भन्दै सहज वातावरणका लागि सरकारलाई निर्देशन दिएको हो।
समितिले रक्षा, वन, भौतिक, आपूर्ति मन्त्रालयललाई आफ्नो क्षेत्रभित्र पर्ने दायित्व यथासिघ्र पूरा गर्दै आर्थिक वर्ष २०८०/८१ भित्र नै आयोजना सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन दिएको छ।
बैठकमा निजगढ फास्ट ट्र्याक आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले प्रणाली र प्रक्रियाका कारण आयोजना निर्माणमा ढिलाई भएको बताए।
बैठकमा सम्बन्धीत मन्त्रालयका सचिवहरुले फास्ट ट्र्याकलाई समयमा नै सम्पन्न गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए।