गोरखा। चेपेखोला साना जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ। लमजुङ र गोरखाको सीमामा निर्माण भइरहेको ८.६ मेगावाटको आयोजनाको काम १४ महिनामा ६० प्रतिशत पूरा भएको हो।
आयोजनाका सबै संरचनाको निर्माण कार्य एकसाथ अघि बढेको प्रवर्द्धक आशुतोष इनर्जी कम्पनीले जानकारी दिएको छ। बाँध क्षेत्रको काम ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ।
कोरोना महामारीकाबीच पनि बिना अवरोध निर्माण जारी रहेकाले १४ महिनामै आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। २०७७ कात्तिकदेखि आयोजना स्थलमा संरचना निर्माणको काम सुरु गरिएको थियो।
सुरुको तालिकाअनुसार यो आयोजनाबाट आगामी माघ ९ गतेदेखि विद्युत उत्पादन थाल्नु पर्ने हो । तर, सरकारले कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित भएका आयोजनाको १ वर्ष म्याद थपको सुविधा पाएकोमा यो आयोजनाले पनि ४ महिनाको समय थप गरेको छ ।