बागलुङ। गलकोटको बागलुङ बजारस्थित ट्राफिक चोकमा रहेको ऐश्वर्य पार्क पुन: निर्माण गरिने भएको छ। व्यवस्थित र आधुनिक संरचना सहित पार्क पुन: निर्माण गर्न लागिएको हो।
बागलुङ नगरपालिकाले ९० लाखको लागतमा जीर्ण बनेको ऐश्वर्य पार्क पुन: निर्माण गर्न थालिएको छ।
पार्क पुन: निर्माण गर्न बागलुङ नगरपालिका कार्यालय र प्रभु बैकबीच पौष १ गते सम्झौता भएको थियो। खर्चको जिम्मेवारी प्रभु बैंकले लिने गरि सम्झौता भएको बताइएको छ।
सम्झौता पत्रमा उल्लेख गरिए बमोजिम निर्माणको दुई वर्षसम्म प्रभु बैंकले पार्कमा आफ्नो प्रचार सामाग्री राख्न पाउने छ।