काठमाण्डौं। टोखा नगरपालिका–६ लाखेडाँडामा ४० लाख लगानीमा पार्क निर्माण भएको छ। स्थानीय, प्रदेश र केन्द्र सरकारको ४० लाख आर्थिक सहयोगमा उक्त पार्क निर्माण भएको हो।
उक्त पार्कको बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले उद्घाटन गर्दै टोखाको विकासले क्रमशः गति लिँदै गएको बताए। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा संरक्षणलाई महत्व दिँदै सार्वजनिक जग्गाको डिपीआर तयार पारी प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै नगरपालिका भरि नै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुने गरी कार्य गरिरहेको जानकारी दिए। पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क एक वर्ष लगाएर निर्माण गरिएको थियो।