मुगु। हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाइ उडान सुचारु भएका छन्। हिमपातका कारण रोकीएका उडान मौसममा सुधार भएपछि नियमित रुपमा सुचारु भएका हुन्।
मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाइ उडान भरेका छन्। लगातार परेको बाक्लो हिमपातका कारण सडक र हवाई यातायात अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका थिए।
हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिमपात पर्दा डोजर लगाएर पनि सडक सुचारुमा ल्याइएको जनाइएको छ।