काठमाडौं। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन्। २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आइतबार उनले यस्तो शन्देस जारी गरेका हुन्।
१९९० मा गएको भूकम्पको त्रासद सम्झनामा यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै उनले १२ वैशाख २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिए। भूकम्पबाट क्षति भएका संरचनाहरू पुनर्निर्माण एवं पुनःस्थापनाको कार्यमा लाग्ने र सहयोग पुर्याउने सबैलाई उनले धन्यबाद व्यक्त गरे।
शर्माले भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औं स्थानमा रहेको तथ्यलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिए यसबाट जनधनको क्षति कम गर्न सघाउ पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।