काठमाडौं। कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ। प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो।
उक्त विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आएको भएता पनि सञ्चालन हुन सकेको थिएन। अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षण गर्न लागीएको हो।
विमानस्थलको लम्बाइ एक हजार २५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। प्राविधिक रुपमा सफल भयो भने विमानस्थल छिट्टै सञ्चालनमा आउँनेछ।