काठमाडौं। सुर्खेतको भेरीगंगा नगरपालिका–६ र ७ मा विद्युत सेवा सुरू भएको छ। सामुदायिक विद्युतीकरण विभाग र भेरीगंगा नगरपालिकाको संयुक्त लगानीमा दुई वटा वडामा विद्युत सेवा सुरु भएको हो।
उक्त वडाका लेखझिङ्नी, ठूलाखाली, कैनपानी, सामाखोरीया, सृजनाटोलका घरहरूमा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो। हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय प्रसारण लाइन पुग्नुअघि नै भेरीगंगामा सुचारु भएको भए पनि नजिकका गाउँहरूमा विद्युत सेवा पुगेको थिएन।
गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। कुट्ने पिस्नेकाममा निकै समस्या भइरहेको तियो अब बिजुलि आएसँगै यस्ता समस्या समाधान हुँदै जाने स्थानीय बताउछन्।
विद्युतको सेवा नपुगेका नगरभित्रका १, २, ३ ५ र ७ का बस्तीहरूमा सामुदायिक विद्युतीकरण विभागसँग समन्वय गरी विद्युत सेवा पुर्याउने काम भइरहेको छ।
हालसम्म अधिकांशमा विद्युत सेवा पुगिसकेको र बाँकी रहेको ठाउँमा पनि आधारभूत संरचनाहरू बनिसकेकोले यो वर्षभित्रै सेवा पुग्ने बताइएको छ।