काठमाडौं। मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ। काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् ।
काठमाडौंबाट नेपालगञ्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केहीबेर दाङको आकाशमा होल्ड गरिएको छ।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ।