काठमाडौं। निर्माण भएको तीन वर्षपछि इलामको फाल्गुनन्द विमानस्थल संचालनमा आउने भएको छ। तारा एयर र इलाम नगरपालिकाको सहकार्यमा यो विमानस्थलमा फागुन ८ गतेबाट संचालनमा आउने भएको हो।
यो गन्तव्यमा साताको एउटा उडान गरिने योजना रहेको छ। हवाई यातायात सेवा विस्तारसँगै इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उडान सुरु गर्न लागिएको हो। यस अन्तर्गत आन्तरिक र बाह्य पर्यटन लक्षित आकर्षक प्याकेज तयारी हुनेछ।
६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा २०७५ जेठ २१ गते परीक्षण उडान भएको थियो।