काठमाडौं। ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपेयाँमा ठेक्का पाएको हो।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आह्वान गरेको ठेक्कामा सहभागी ९मध्ये ८ वटाले आर्थिक प्रतिस्पर्धा गर्दा आशिष समानान्तर रेलिगेयर जेभीले उक्त फ्लाइओभर बनाउने ठेक्का पाएको हो।
केन्द्रले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा ठेक्का आहृवान गरेको थियो। आशिष समानान्तर रेलिगेयर जेभीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको हो।
उक्त फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको थियो।चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो। बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्याम्प बनाउनुपर्नेछ।
ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ। फ्लाइओभर निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन्।