पोखरा । सोमबार पोखरामा ११ देशका राजदूतले हाइकिङ, फेवातालमा वोटिङ गर्दै पोखराका केही पर्यटकीय गन्तव्यहरुमा भ्रमण गरेका छन् । गण्डकी प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पोखरामा विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूत आएका हुन् ।
पर्यटन विश्व पर्यटन दिवसको अवसरमा कोभिड १९ ले थलिएको पोखरा क्षेत्रको पर्यटनलाई पुनःजागरुक पार्ने अभियान सुरु गरिएको छ । यस अभियानले यस क्षेत्रको पर्यटन खुल्लासहित सुरक्षित भएको आफूहरुलाई महशुस भएको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न आइतबार ११ वटा देशका राजदूत पोखरामा आएसंगै उनीहरुले सोमबार कास्कीकोटमा हाइकिङ, फेवातालमा वोटिङ, डेविडफल्स अवलोकन सहितका पोखराका पर्यटकीय गन्तव्यहरुको अवलोकन समेत गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशिराम भण्डारीले बताए ।
साथै उक्त टोलीलाई आइतबार होटल बाराहीमा र सोमबार बुमह्यान रेष्टुरेण्टमा रात्रिभोजमा सरिक गराइएको थियो भने सोमबार बेलुका पोखराको लेकसाइडमा आयोजना भएको मिनि सडक महोत्सवमा सहभागि भएका थए ।