काठमाडौं। उदयपुर सिमेन्ट उद्योग लिमिटेडले एक वर्षमा एक अर्ब भन्दा बढी रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ। उद्योगले एक वर्षमा १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको हो।
गैंडा छाप सिमेन्ट उत्पादक उद्योगले १ लाख ४ हजार १ सय ८५ टन क्लिंकर उत्पादन र १९ लाख ६९ हजार ३ सय ८३ बोरा सिमेन्ट बिक्री गरेको छ। गत वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० टनका दरले उत्पादन भइरहेकामा मर्मतसम्भारपछि चालु आर्थिक वर्षमा प्रतिघण्टा ४३ टनका दरले उत्पादन भइरहेको उद्योगले जनाएको छ।
कच्चा पदार्थ पिस्ने मिलमा लगाइएका तीन रोलरमध्ये एउटा केही वर्षदेखि बिग्रिएर सञ्चालनमा आएको छैन । त्यसैले रमिल उत्पादन कम भइरहेको पनि उद्योगले जनाएको छ।
उद्योगले चालु आर्थिक वर्षको पुस मसान्तसम्म राजस्व तथा महसुल २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ भुक्तानी गरेको बताएको छ ।