काठमाडौं। भिजिबिलिटी कम हुँदा आज आन्तरिक उडान प्रभावित भएका छन् । खराब मौसमले भिजिबिलिटी कम भएपछि आज बिहान सबै उडानहरू समयमा हुन नसकेको हो।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँका अनुसार धनगढी र नेपालगञ्ज विमानस्थल खुले पनि पूर्वका विमानस्थलहरूमा उडान हुन नसकेको हो। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रुहरू कम हुन थालेको पनि बताइएको छ।
नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ ।
हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।