काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ। चिसो बढेपछि हिउँ नपग्लिएको र सुख्या मौसम भएकाले वर्षा नहुँदा नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको हो।
नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको जनाइएको छ। विद्युतको माग साँझ ५ बजे देखि १० बजे सम्म र विहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पुरा क्षमता ६९ नै उत्पादन गरिएको छ।
अहिले पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ। विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भैरहेको छ।
उक्त केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।