जोमसोम । बेनि– जोमसोम– कोरला जोड्ने सडकखण्ड अन्तर्गत जोमसोम– कागबेनिको १३ किलोमिटर ग्राभेल सडकमा कालोपत्रेको पुर्व तयारी सुरु गरिएको छ । उक्त सडक दुई वर्ष अघि नै ग्राभेल गर्ने कार्य सम्पन्न गरी कालीगण्डकी करिडोर कार्यलयलाई हस्तान्तरण गरिएको थियो । हाल त्यस सडक अन्तर्गतको १३ किलोमिटर सडक कालोपत्रेको गर्नका लागि सर्बेको काम अगाडी बढाइएको छ ।
जोमसोम कागबेनि ग्राभेल सडकमा नेपाल सरकारले सडक कालोपत्रे गर्न ४० करोड बजेट छुट्याएको थियो । बजेट विनियोजन भए लगतै कालिगन्डकि कोरिडोरले सो सडक कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो ।
उक्त सडक कालोपत्रे गर्नको लागी रौताहा– आत्रेय– सारस जेभिले सम्झौता गरिसकेको छ । भ्याट सहित २८ करोडमा अस्पाल्ट प्रविधिको कालोपत्रे गर्ने गरि भएको सो सम्झौता अनुसार मुख्य सडकमा १२ किलोमिटरमा र यसको अतिरिक्त कगबेनि श्राद्वस्थलबाट मुख्य सडकसम्म १ किलोमिटर दुरिमा गरि कुल १३ किलोमिटर सडक कालो पत्र गरिने छ । सोही सम्झौता अनुसार ३० महिनाको अवधिमा निर्माण कम्पनिले सम्पूर्ण निर्माण कार्य सक्नु पर्नेछ ।