काठमाडौं। रौतहटको तिलेश्वर नाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचनाहरु निर्माण गर्न सुरु गरिएको छ। नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाहरु निर्माण गर्न सुरु गरिएको हो।
चन्द्रपुर नगरपालिका वडा नं. ३ मा रहेको तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा करीब सात करोडको लागतमा तिलेश्वर नाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको हो। बन विभाग र बन उपभोक्ता समुहको आर्थिक सहयोगमा बाल उधान निमार्णको काम भइरहेको छ। बालबालिकाहरुको लागि बाल उधान, फुलवारीहरु लगायतका संरचनाका काम भएका छन्।
स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पोर्ट, बाटो, बगैचा, फुलवारी, भ्यू टावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण हुने जनाइएको छ।
प्रदेश कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य तिलेश्वर नाथ सामुदायीक वन उपभोक्ता समितिका पदधिकारीको छ।