काठमाडौं। सम्झौता अनुसार काम नगर्ने पाँच वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई सात दिन भित्र स्पस्टिकरण पेस गर्न निर्देशन दिएको छ। विभिन्न कार्यालयबाट ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइ आएको सन्दर्भमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको हो।
प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका छन्। अनुगमन कार्यालयल कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न माग गरे पनि हालसम्म स्पष्टीकरण पेस नगरेको जनाएको छ। कार्यालयले स्पष्टीकरण पेस गर्न थप सात दिनको समय दिएको छ।
