काठमाडौं। काठमाडौं उपत्यकाभित्रको बागमती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिइएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको बस्ती हटाउन सात दिनको समय दिएको हो।
सूचनामा नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनिएको छ।
यसअघिको सार्वजनिक सूचनाको बेवास्ता गरेको भन्दै सहरी विकास मन्त्रालय मातहतको समितिले तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको छ । सात दिनभित्र नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ।