सुर्खेत। वीरेन्द्रनगर नगरपालिको हरित शहर निर्माण योजनामा ४० जना स्वयंसेवक परिचालन गरिएको छ। अन्तरनिर्भर समाज सुर्खेतले नगरमा रोपिएका सात हजार विरुवाको रेखदेखका लागि ४० जना स्वयंसेवक परिचालन गरेको हो ।
रत्नराजमार्गलगायत वीरेन्द्रनगर नगरपालिका वडा नं ४, ५, ६, ७, ८, ९, १० र ११ मा रोपिएका विरुवा गोडमेल र मलजलको एक हप्ते अभियान शुरु गरिएको छ।
वीरेन्द्रनगर नगरपालिका र युएन्डीपीको आर्थिक सहयोगमा अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरमा हरित पुनरुत्थान कार्यक्रम लागू गरेको छ । उक्त अभियानअन्तर्रगत सरसफलाई अभियानकर्तालाई बोटविरुवा संरक्षणका लागि एक हप्तासम्म परिचालन गरिएको हो ।
नगरका विभिन्न क्षेत्रमा रोपिएका विरुवा मरेको खण्डमा रातो रिबन लगाउने र अर्कोपटक उक्त स्थानमा नयाँ विरुवासमेत रोप्ने कार्यक्रम रहेको बताइएको छ।